वैशाखमा ८ अस्पतालमा १५ सेवा थप गरिने

सफल खबर संवाददाता

सोमबार, ०८ बैशाख २०८२, १० : ३०
वैशाखमा ८ अस्पतालमा १५ सेवा थप गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् ।

मन्त्री पौडेलको संघीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्र्तगत संघीय अस्पतालहरुमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाख महिनामा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

उनका अनुसार वैशाख महिनामा वीर अस्पतालले सर्जिकल आइसीयुको सेवा विस्तार गर्नेछ । वीरको आइसीयुमा नौ शैय्या थप गर्ने कार्यक्रम वैशाख दोश्रो साता राखिएको छ ।

प्रतिक्रिया दिनुहोस