काठमाडौँ । वैशाख २६ गते महाधिवेशन गर्ने घोषणा गरेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले पालिका तहको अधिवेशन गर्ने समय तेस्रो पटक थप गरेको छ । सम्पूर्ण पालिकामा अधिवेशन सम्पन्न नभएको भन्दै लोसपाले वैशाख १५ गतेसम्मका लागि अधिवेशनको मिति थप गरेको हो ।
यसअघि चैत मसान्तभित्र सम्पूर्ण पालिकाको अधिवेशन गरिसक्नुपर्ने गरी पार्टीले चैत २० गते सर्कुलर गरिएको थियो । तर, चैत मसान्तभित्र अधिवेशन नसकिएपछि वैशाख ५ गते अर्को परिपत्र जारी लोसपाले फेरि वैशाख १५ गतेसम्म समय थप गरेको महासचिव मनिष मिश्रले बताए ।
यससँगै वैशाख २६ गतेका लागि तोकिएको लोसपाको महाधिवेशन नहुने भएको छ । लोसपाका नेताहरूका अनुसार पालिकाको अधिवेशन सकिएपछि जिल्लाको अधिवेशन हुन्छ । त्यसपछि प्रदेशको हुने र अनि मात्रै केन्द्रीय महाधिवेशन गर्नुपर्ने भएकाले तोकिएको समयमा महाधिवेशन हुने भएको नेताहरूको भनाइ छ ।
महासचिव मिश्रले अब बस्ने पार्टी सचिवालयको बैठकले महाधिवेशनको बारेमा आवश्यक छलफल र निर्णय गर्ने बताए । पार्टीका अध्यक्ष ठाकुर उपत्यका बाहिर रहेको र उनी आएपछि सचिवालयको बैठक बस्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपा जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केद्रमा प्रवेश
मधेशी दलहरूको एकता संवादलाई निष्कर्षमा पुर्याउन लोसपाले बनायो उच्चस्तरीय समिति
एकताको पहल गर्न लोसपाले पनि बनायो ५ सदस्यीय कार्यदल
लोसपाले वितरण गर्दैछ पाँच लाख सदस्यता
लोसपाको सदस्यता वितरण अभियान सुरु
लोसपाको महासचिवमा यादव मनोनीत