लोसपाको महासचिवमा यादव मनोनीत

सफल खबर संवाददाता

विहीबार, १० जेठ २०८१, १४ : ३०
लोसपाको महासचिवमा यादव मनोनीत

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले सिरहाका शीतल प्रसाद यादवलाई महासचिव पदमा मनोनीत गरेको छ ।अध्यक्ष महन्थ ठाकुरले पार्टीको संशोधित अन्तरिम विधान अनुसार केन्द्रीय सदस्य यादवलाई महासचिव पदमा मनोनीत गरेका हुन् ।

लोसपा नेपालले महाधिवेशन लक्षित सदस्यता वितरण अभियान सुरु गरेको छ । जसअनुसार सिरहामा अगामी शनिवार सदस्यता वितरण कार्यक्रम हुने तय भएको छ ।

सोही कार्यक्रम अघि पार्टीले यादवलाई महासचिवमा मनोनीत गरेको एक नेताले जानकारी दिए । कार्यक्रममा अध्यक्ष ठाकुरसहित शीर्ष नेताहरू सहभागी हुनेछन् । गत असोज ८ गते अध्यक्ष ठाकुरले ३११ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए ।

कार्यसमितिमा एक जना अध्यक्षसहित ६४ जना पदाधिकारी रहेका छन् । पदाधिकारीमध्ये राजेन्द्र महतो, अनिलकुमार झा, केशव झा, कौशलकुमार सिंहलगायत थुप्रै पदाधिकारीले पार्टी छाडिसकेका छन् ।