गुणाकर भट्टलाई गभर्नर नबनाउन माग गर्दै दायर रिट हेर्न नभ्याइनेमा

सफल खबर संवाददाता

आइतबार, ०७ बैशाख २०८२, १६ : ३३
गुणाकर भट्टलाई गभर्नर नबनाउन माग गर्दै दायर रिट हेर्न नभ्याइनेमा

काठमाडौं । सर्वोच्च अदालतले डा गुणाकर भट्टलाई गभर्नर बनाउन माग गर्दै दायर गरेको रिट हेर्न नभ्याउनेमा परेको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाको तर्फबाट शुक्रबार सर्वोच्चमा दायर पूरक निवेदनको पेसी आइतबारका लागि तोकिएको थियो ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासको ४० औं नम्बरमा पेसी चढेको सो मुद्दा आज हेर्न नभ्याइनेमा राखिएको हो ।गभर्नर छनोटको प्रक्रिया नै सुरु नभई हल्लाको भरमा गभर्नर बनाउन लागेको भन्दै दायर गरेको रिट सर्वोच्चले प्राथमिकतामा नराखेको हो ।

गभर्नर कुनै आवेदन दिएर छानिने पद नभई छनोट समितिले योग्य लब्ध प्रतिष्ठित व्यक्तिलाई सिफारिस गरेपछि मन्त्रिपरिषद्बाट नियुक्त हुने प्रावधान छ । अहिले भट्टलाई गभर्नर बनाउन राजनीतिक संयन्त्रमा सहमत भइसकेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस