काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि मधेशी केन्द्रित दलहरूसँग एकताको पहल गर्न ५ सदस्यीय कार्यदल बनाएको छ । वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद सोनारको नेतृत्वमा कार्यदल बनाएको हो ।
कार्यदलमा अर्का वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिवद्वय सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्र सदस्य रहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिको लागि संघर्षशील राजनीतिक शक्तिहरुबीच संवाद, सहकार्य, कार्यगत एकता आजको आवश्यकता भएको लोसपाको निष्कर्ष छ ।
कार्यदलले राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरूसँग संवाद गर्न गर्नुका साथै पार्टी एकताको सम्भावना समेत खोजी गर्ने अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय विभाजित मधेश केन्द्रित दलहरू मोर्चा र सहकार्यको प्रयासमा छन् । सिके राउत नेतृत्वको जनमत पार्टीले पनि विचार मिल्ने दलहरूसँग वार्ता गर्नको लागि दुई सदस्यीय कार्यदल बनाएको छ। उनका नागरिक उन्मुक्ति पार्टीसँग सहकार्यदेखि एकतासम्मको छलफल चलिरहेको छ ।
जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतका दलहरूसँग सहकार्य थालनी गर्न अभियान चलाइरहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ पुस २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोसपाले वितरण गर्दैछ पाँच लाख सदस्यता
लोसपाको सदस्यता वितरण अभियान सुरु
लोसपाको महासचिवमा यादव मनोनीत
लोसपाद्वारा सांसद शर्मालाई निलम्बन नगर्न पत्राचार
नयाँ सत्ता समीकरणमा लुटतन्त्र र भ्रष्टाचार मात्र चल्नेछ : राजेन्द्र महतो
लोसपा छोडेर आन्दोलनमा उत्रिएका राजेन्द्र महतो प्रहरी नियन्त्रणमा