काठमाडौँ । जनमत पार्टीले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ । जनमत पार्टीका प्रवक्ता डा.शरद सिंह यादवले आइतबार एक विज्ञप्ति जारी गरी आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता गरी न्यायोचित मागहरू सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गर्न नेपाल सरकारसँग माग गरेका हुन् ।
विगत १८ दिनदेखि नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको छ । सरकारले शिक्षा नीति ऐन, कानुन र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्यौलता अन्त्य गर्नुपर्ने आवश्यक देखिएको जनमत पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतले बोलायो केन्द्रीय समिति बैठक
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत
जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश
जनमत पार्टीले मनायो ‘धोती दिवस’
जनमत पार्टीले आज धोती दिवस मनाउने
सामाजिक सञ्जाल प्रयोगमा जनमतको कडाइ- नेताको पक्षमा पोष्ट नगर्नेको तह घटुवादेखि बर्खास्तीसम्म