जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले एकताको संवादलाई छिटोछरितो निष्कर्षमा पुर्याउन उच्चस्तरीय वार्ता समिति बनाएको छ ।
पार्टीका वरिष्ठ सह–अध्यक्ष सर्वेन्द्र नाथ शुक्ल र वरिष्ठ उपाध्यक्ष लक्ष्मणलाल कर्ण सदस्य रहने गरी उच्चस्तरीय वार्ता समिति गठन गरिएको अध्यक्ष महन्थ ठाकुरले विज्ञप्तिमार्फत् जनाएका छन् ।
राजनीतिक अधिकार प्राप्तिको लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भन्दै लोसपाले यसअघि नै पाँच सदस्यीय कार्यदल बनाएको थियो । उक्त कार्यदल खारेज गर्दै उच्चस्तरीय वार्ता समिति गठन गरिएको ठाकुरले बताएका छन् ।
उक्त कार्यदलमा वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिव डा. सुरेन्द्रकुमार झा र महासचिव मनिषकुमार मिश्रसहितको पाँच सदस्य थिए ।
यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले कार्यकारिणी बैठकबाट मधेशका दलहरूबीच सहकार्य र एकता गर्न राजकिशोर यादवको नेतृत्वमा समिति बनाएको थियो ।त्यस्तै सीके राउतको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच सहकार्य प्रयास चलिरहेको छ ।
यस्तै जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि एकता अपील गर्दै मधेशी शक्तिहरूबीच संवाद थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको पहल गर्न लोसपाले पनि बनायो ५ सदस्यीय कार्यदल
लोसपाले वितरण गर्दैछ पाँच लाख सदस्यता
लोसपाको सदस्यता वितरण अभियान सुरु
लोसपाको महासचिवमा यादव मनोनीत
लोसपाद्वारा सांसद शर्मालाई निलम्बन नगर्न पत्राचार
नयाँ सत्ता समीकरणमा लुटतन्त्र र भ्रष्टाचार मात्र चल्नेछ : राजेन्द्र महतो