मोरङ । मोरङमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले लोहन्द्र पुल उद्घाटन गरेका छन् । बुधबार विराटनगर पुगेका सिंहले जहदा र कटहरी जोड्ने पुलको उद्घाटन गरेका हुन् ।
सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवतजावतमा सहजता थपिएको छ । ‘मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटन भयो ।
यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु’, पुल उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने ।
उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माणमार्फत नागरिकको जीवन र जिविकोपार्जन सहज बनाउन अघि बढिरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ बैशाख २०८२, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनचाहना पूरा गर्ने गरी पूर्वाधार विकासका काम गरौं: उपप्रधानमन्त्री सिंह