शिक्षक सेवा आयोगको सदस्यमा दुई जना नियुक्त

सफल खबर संवाददाता

बुधबार, ०६ चैत्र २०८१, १२ : ४५
शिक्षक सेवा आयोगको सदस्यमा दुई जना नियुक्त

काठमाडौँ। शिक्षक सेवा आयोगको रिक्त सदस्यमा दुई जना नियुक्त भएका छन् ।

चैत चार गते बसेको मन्त्रिपरिषद् बैठकले सुर्खेतकी पवित्रा सुवेदी र मकवानपुरका रामशरण सापकोटालाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्ति सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी तथा सदस्यहरूमा त्रिविका उपकुलपति केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले रहेको समिति गठन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस