काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ३० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत उक्त लगानी योग्य पुँजी (तरलता) तान्ने भएको हो । आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने जनाएको छ ।
राष्ट्र बैंकले २१ दिनका लागि सो बराबरको निक्षेप तान्नेछ । यसमा वाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरूले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैङ्कहरूले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।
अहिले बैंकहरुमा अधिक तरलता रहेको छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक पटक बोलकबोलबाट पैसा तान्दै आएको छ । सोही क्रममा आज राष्ट्र बैंकले ३० अर्ब रुपियाँ निक्षेप बोलकबोल गर्न लागेको छ ।
बोलकबोलमा बैङ्कहरूले घटीमा १० करोड रुपियाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैङ्कहरूले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रूपमा प्रयोग गर्न सक्नेछन् ।
२१ दिन अर्थात् आगामी वैशाख २४ गते बैङ्कहरूलाई सावाँ र व्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएका छ । पछिल्लो समय कर्जाको माग न्यून हुँदा अहिले बैंकहरुमा पैसा थुप्रिएको छ । अहिले बैंकहरुमा ६८ खर्ब १८ अर्ब रुपियाँ निक्षेप छ । तर, कर्जा प्रवाह भने ५४ खर्ब ८९ अर्ब रुपियाँ छ ।
कर्जा निक्षेप अनुपात भने ७९.२७ प्रतिशत छ । बैङ्कहरूले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म पुग्ने गरी कर्जा प्रवाह गर्न पाउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ बैशाख २०८२, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै
स्कुलको पाठ्यक्रममै वित्तीय शिक्षा समेट्न आवश्यक : गभर्नर अधिकारी
बैंकिङ प्रणालीबाट थप ४० अर्ब खिच्दै राष्ट्र बैंक