बसले रिक्सालाई ठक्कर दिँदा बिहे भोज खान हिँडेका एकै परिवारका ६ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०२ बैशाख २०८२, १६ : १६
बसले रिक्सालाई ठक्कर दिँदा बिहे भोज खान हिँडेका एकै परिवारका ६ जनाको मृत्यु

काठमाडौं। भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा मंगलबार एक भयंकर सवारी दुर्घटना भएको छ । तीव्र गतिमा आइरहेको बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने आठभन्दा बढी गम्भीर घाइते भएका छन् ।

दुर्घटना गोंडा–बहराइच सडकखण्डको खुटेहना प्रहरी चौकीअन्तर्गत काटिलिया नजिकै भएको हो । मृतक र घाइतेहरू हुजुरपुर थाना क्षेत्रको हीरापुर गाउँका बासिन्दा रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरू अटो बुक गरी प्रयागपुर थाना क्षेत्रको कोलुहवा गाउँमा आफन्तको बिहेपछिको भोजमा सहभागी हुन जाँदै थिए ।

घटनास्थलमा ठूलो संख्यामा मानिसहरूको भीड लागेपछि गोंडा–बहराइच सडकमा लामो जाम लागेको थियो । सूचना पाएपछि पुगेको प्रहरीले एम्बुलेन्समार्फत् घाइतेलाई मेडिकल कलेज पठाएको छ भने शवहरूलाई पोस्टमार्टमका लागि मोर्चरीमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस