काठमाडौँ। शुक्रबार राती जाजरकाेट केन्द्रबिन्दु भएर गएकाे भूकम्पमा परी आठ जना घाइते भएका छन्। भूकम्प जाँदा अत्तालिएर घरबाट हाम फाल्दा तथा असावधानीपूर्वक भाग्दा उनीहरू घाइते भएकाे राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ।
घाइते हुनेहरुमा जाजरकाेटका छ जना र रुकुम पश्चिमका दुई जना रहेका छन्। घाइतेभएकाहरूमध्ये तीन जना डिस्चार्ज भएको र पाँच जनाको स्थानीय तथा जिल्ला अस्पताल भइरहेकाे प्राधिकरणले जनाएको छ।भूकम्पका कारण थप क्षति भएको छैन।
जाजरकोटकाे कुशे गाउँपालिका ९ पैंक केन्द्रविन्दु भएर शुक्रबार राती ८ः०७ बजे ५.२ र ८ः१० बजे ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ चैत्र २०८१, १३ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोल्पा केन्द्रबिन्दु भएर भूकम्प
बारपाकीले बिर्सन नसकेका भूकम्प
सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प
रुकुम पूर्वमा भूकम्पको धक्का
वैशाख १२ को भूकम्प: आज स्मृति दिवस
वैशाख १२ को भूकम्प: बारपाकमा भोलि सार्वजनिक बिदा