सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

सफल खबर संवाददाता

शुक्रबार, १२ बैशाख २०८२, १२ : ३३
सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । शुक्रबार बिहान ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प जाँदा करिब ९ हजार मानिसको ज्यान गएको थियो । त्यतिबेला सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित भएको थियो ।

आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो तर सो भूकम्पले क्षति पुगेको भने छैन ।

प्रतिक्रिया दिनुहोस