अर्घाखाँची । अर्घाखाँचीमा नदीको पोखरीमा डुबेर दुई युवकको मृत्यु भएको छ।
भूमिकास्थान नगरपालिकास्थित झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानको पोखरीमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको हो।
मृत्यु हुनेमा भुमिकास्थान–१० धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपाली छन्।
पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए।
उनले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेकोसमेत जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु
गाडीको ठक्करबाट एक जनाको मृत्यु
भिरबाट लडेर २ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
बसले रिक्सालाई ठक्कर दिँदा बिहे भोज खान हिँडेका एकै परिवारका ६ जनाको मृत्यु