काठमाडौ । हुम्ला र पाल्पामा भिरबाट लडेर दुईजनाको मृत्यु भएको छ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–७ गोक्पा गाउँ नजिकैको वनमा बाख्रा चराउन गएकी अन्दाजी ४८ वर्षीया एक महिलाको लडेर मृत्यु भएको हो।
शनिबार दिउँसो गाउँ नजिकैको वनमा बाख्रा चराउन गएका बेला लडेर स्थानीय नानी ऐडीको लडेर मृत्यु भएको उनका आफन्त पूर्ण बुढाले जानकारी दिए।
यस्तै, भिरबाट लडेर पाल्पामा एक पुरुषको मृत्यु भएको छ। बगनासकाली गाउँपालिका–१ पिपरतुङका ६५ वर्षीय कृष्णबहादुर चिदीको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो।
सोही ठाउँको बेलटारीस्थित पूजामा जान भनेर हिँडेका उनी अबेरसम्म नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।
खोजी गर्ने क्रममा घरदेखि ३०० मिटर पश्चिमतर्फ रहेको भिरबाट २०० मिटर तल फोक्सिहर खोलामा खसेको अवस्थामा शनिबारदिउँसो उनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, ०७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाडीको ठक्करबाट एक जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते
बसले रिक्सालाई ठक्कर दिँदा बिहे भोज खान हिँडेका एकै परिवारका ६ जनाको मृत्यु
दुर्घटनामा बुवाको मृत्यु, छोरा घाइते
करेन्ट लागेर २ जनाको मृत्यु