काठमाडौँ । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । दाङ, रुपन्देही, धादिङ लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको हो । दाङको राप्ती गाउँपालिका–५ सिंगेस्थित सडकमा कृष्णनगरबाट घोराहीतर्फ जाँदै गरेको बा.३ ख ७९९६ नम्बरको बस अनियन्त्रित भई शुक्रवार साँझ दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका राजपुर गाउँपालिका–६ बस्ने ५७ वर्षीय निल सरोज र अर्की एक महिलाको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । महिलाको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये ५ जनालाई लुम्बिनी सिटी अस्पताल बुटवल र १४ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र ६ जनालाई भालुवाङ अस्पतालमा थप उपचारको लागि रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी दाङको घोराही उपमहानगरपालिका–३ चौपट्टास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री लमही नगरपालिका–६ बस्ने ३७ वर्षीय खगेश्वर रावतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।
प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी भइरहेको बताएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ परसपुरवास्थित सडकमा युपि ५५ जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीया राजवन्ती मल्लाहको शुक्रवार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटस्थित सडकमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ६५८ नम्बरको बोलेरो हाल नम्बर नखुलेको टिपर पछाडि ठक्कर खाई गए राति दुर्घटना हुँदा बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका–१ बस्ने
३४ वर्षीय थुलबाबु थिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई नियन्त्रणमा लिई हाल फरार टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ भुइपुलस्थित सडकमा प्र.२–०३– ००१ ख ०६०७ नम्बरको टिपर र बा.०१–०२५ च ५०७६ नम्बरको कार एक आपसमा ठक्कर खाई शुक्रवार दिउँसो दुर्घटना हुँदा कार चालक सर्लाही घर भएका ५० वर्षीय जित
नारायाणप्रसाद साह र कारमा सवार सर्लाही बरहथवा नगरपालिका–१५ हजरिया बस्ने ४६ वर्षीय नारायण हरि शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रसूति अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ बैशाख २०८२, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु