काठमाडौँ । आधा दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरुको सरुवा गरिएको छ । गृह मन्त्रालयले विभिन्न सात जिल्लाका प्रजिअहरुलाई सरुवा गर्दै नयाँ प्रजिअहरु पठाएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, सुर्खेत, उदयपुर, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), बाग्लुङ, अछाम र पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो ।
मन्त्रालयले गरेको फेरबदल सूची अनुसार गृह मन्त्रालयका दिल कुमार तामाङलाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा पदस्थापन गरिएको छ भने कपिलवस्तुका प्रजिअ विश्व प्रकाश अर्याललाई गृह मन्त्रालयमा तानिएको छ । यस्तै सुर्खेतका प्रजिअ शंकरहरि आचार्य गृह मन्त्रालय, उदयपुरका प्रजिअ हरि प्रसाद घिमिरे जिल्ला प्रशासन कार्यालय पर्वतमा पठाइएको छ ।
गृह मन्त्रालयका सहसचिव जगदीश्वर उपाध्यायलाई जिल्ला प्रशासन कार्यालय सुर्खेतको प्रजिअमा पदस्थापन, भविश्वर पाण्डेलाई जिल्ला प्रशासन कार्यालय, नवलपरासी(बर्दघाट सुस्ता पूर्व)मा पदस्थापन गरिएको छ । नवलपरासीका अरुण पोखरेललाई गृह मन्त्रालय, गृह मन्त्रालयका कुमान सिंह गुरुङलाई जिल्ला प्रशासन कार्यालय बागलुङमा पदस्थापन गरिएको छ ।
त्यसैगरी बागलुङका प्रजिअ नेत्र प्रसाद सुवेदीलाई गृह मन्त्रालय, गृह मन्त्रालयका प्रेम प्रसाद लुईटेँललाई जिल्ला प्रशासन कार्यालय उदयपुर, गृह मन्त्रालयका आनन्द सारूलाई अछाम, अछामका शिव प्रसाद लम्साल र पर्वतका केदारप्रसाद शर्मालाई गृह मन्त्रालयमा तानिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीका सिडिओलाई गृहमन्त्रीको स्पष्टीकरण
गृह मन्त्रालयले गर्यो चितवनका सिडिओसहित तीन सहसचिवको सरुवा
विपद् नियन्त्रणमा सक्रिय हुन सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन