ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ३१ चैत्र २०८१, ०७ : ११
ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु

भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ। 

भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए। 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।