सुर्खेत। दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष कुलबहादुर कार्कीविरुद्ध दैलेखकै एक महिलाले जिल्ला प्रहरी कार्यालय दैलेखमा यौन दुर्व्यवहारसम्बन्धी जाहेरी दिएकी छिन् । शुक्रबार ती महिलाले जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहालले वडाध्यक्ष कार्कीविरुद्ध एक महिलाले जाहेरी दिएको बताए । ‘वडाअध्यक्ष कूलबहादुर कार्कीविरुद्ध एक जना महिलाले यौन दुर्व्यवहारसम्बन्धी जाहेरी दिनुभएको छ । डीएसपी दाहालले भने, ‘उहाँको जाहेरी आइसकेपछि शुरूमा अनुसन्धान गर्ने कार्य शुरू भएको छ । यदि सत्य नै रहेछ भने जाहेरी दर्ता हुन्छ । अहिले हामी अनुसन्धान गरिरहेका छौं ।
वडाध्यक्ष कार्कीले घरमा कोही पुरुष नभएको अवस्थामा राति ११ बजे पसलमा आई जबरजस्तीकरणी गर्न खोजेको ती महिलाले जाहेरीमा उल्लेख गरेकी छन् ।
दुल्लु नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष कार्कीलाई चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ९ डौंसुरमा गत चैत २४ गते राति चार जना युवाहरूले बिजुलीको पोलमा बाँधेर भिडिओ बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० चैत्र २०८१, १२ : २९
लेखकबाट थप