गृह मन्त्रालयले गर्‍यो चितवनका सिडिओसहित तीन सहसचिवको सरुवा

सफल खबर संवाददाता

बुधबार, ०७ कार्तिक २०८१, १५ : १०
गृह मन्त्रालयले गर्‍यो चितवनका सिडिओसहित तीन सहसचिवको सरुवा

काठमाडौँ । चितवनका सिडिओसहित तीन सहसचिवको सरुवा भएको छ । गृह मन्त्रालयले बुधबार चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा तान्दै त्यहाँको सिडिओमा सहसचिव प्रकाश पौडेललाई पठाएको छ ।

त्यसैगरी गृह मन्त्रालयमा रहेका गोविन्द प्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशकमा  पठाइएको छ । अध्यागमनका तत्कालीन महानिर्देशक कोशहरि निरौलाको केही दिन अगाडी सरुवा भएसँगै सो पद रिक्त रहँदै आएको थियो ।

मन्त्रालयमा दर्जन बढी सहसचिवहरू बरन्डामा रहे पनि अझै व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । कतिपय जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीहरू पनि परिवर्तन  गर्नुपर्ने भए पनि निर्णय लिन नसक्दा सहसचिवहरू जिम्मेवार विहीन भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस