काठमाडौँ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) लालबाबु कवारीलाई गृहमन्त्री रमेश लेखकले स्पष्टीकरण सोधेका छन्।
मंगलबार गृह मन्त्रालयमा बोलाएर गृहमन्त्री लेखकले कवारीसँग प्रशासन शाखाका नायब सुब्बा(नासु) अशोककुमार यादव घुससहित पक्राउ परेका घटनाबारे सोधपुछ गरेका हुन् ।
सिडिओ कार्यालयका कर्मचारीमाथिको यो कारबाहीसँगै कवारीको विगतका विवादित क्रियाकलापलाई लिएर पनि मन्त्रालयमा चर्चा हुँदै आएको थियो। यस घटनाले प्रशासनको कार्यक्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
यससँगै, पर्साका सीडीओ गणेश अर्यालको अभिव्यक्तिबारे चिकित्सकहरूले प्रकट गरेको असन्तुष्टिप्रति पनि गृहमन्त्री लेखकले चासो देखाएका छन्। उनले अर्यालसँग पनि यसबारे बुझेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ मंसिर २०८१, १७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा गोली चल्यो, एक युवक घाइते
चिसो बढेपछि महोत्तरीका विद्यालय बन्द
बक्यौता रकम असुल नहुँदा खानेपानी संस्था सङ्कटमा
प्रधानमन्त्री प्रचण्ड महोत्तरीमा