काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरूको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाएको दाबी गरेका छन् ।
कानून समितिको बैठकमा बोल्दै मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चढाउन खोज्दा समेत प्रहरीले शालिनता प्रस्तुत गरेको बताएका हुन्। उनले भने, ‘त्यहाँ ठूलो मानवीय क्षति हुनसक्ने हामीले भिडिओहरूबाट देख्छौँ । दुर्गा प्रसाईँजी प्रहरीको नियन्त्रणमा आइपुगेको भन्ने हामीले सुनेका छौँ । कोही कसैलाई पनि उन्मुक्ति नहोस्, कानून बमोजिम कारवाहीको दायरामा ल्याउनले कुरामा सरकारको दृढतापूर्वक पहलकदमी होस्।’
उनले यो प्रक्रियामा कहीँ न कहीँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जबाफदेहिताको तहमा पनि ल्याइनुपर्ने बताए। उनले भने, ‘फागुन ७ गते पूर्वराजाले जुन आह्वान गर्नुभयो । उहाँले बेला आएको जनताहरुले साथ दिनुपर्छ भन्नुभएको छ। त्यसपछि घटनाहरू प्रारम्भ भएको देखिन्छ। यति ठूलो घटना हुँदा उहाँले सार्वजनिक गरेको आह्वानबाट उत्साही भएर जे घटना भइरहेका छन्, त्यो घटनासँग जोडेर कुनै प्रतिक्रिया दिनुभएको छ।’
उनले पूर्वराजाबारे पनि सार्वजनिक प्रश्न उठेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ चैत्र २०८१, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोषी भए पूर्वराजालाई नागरिक जसरी दण्डको भागीदार बनाउँछौं: ईश्वर पोखरेल
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
एमालेको विशेष सभालाई तीन पदाधिकारी लगायतले सम्बोधन गर्ने
जागरण अभियान अन्तर्गत सुर्खेतमा एमालेको २६ गते सभा हुने
एमाले महासचिवको प्रश्न- पक्राउ पूर्जी काट्ने ‘रीति र थिति’ लामिछाने गृहमन्त्री हुँदा के थियो ?
एमालेले देशभरका वडामा जनचेतना फैलाउने