काठमाडौ । हङकङमा जारी चार देशीय टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र कुवेत प्रतिस्पर्धा गर्दैछन्। खेल हङकङको मङ ककस्थित मिसन रोड ग्राउन्डमा आइतबार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।
शनिबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो।
नेपालले तीन खेलबाट पाँच अंक बनाएर फाइनलमा स्थान बनाएको हो। कुवेतले तीन खेलमा चार अंक हात पारेको थियो। आजै हङकङ र कतार पनि तेस्रो स्थानका लागि खेल्दैछन्
शनिबारको खेलमा नेपाललले टस जितेर फिल्डिङ रोजेको थियो। ९ ओभर चलिरहँदा पानी परेपछि खेल रोकिएको थियो। ९ ओभरसम्मको खेलमा हङकङले ३ विकेट गुमाएर ६८ रन जोडेको थियो।
तर, वर्षा नरोकिएपछि खेल रद्द भएको थियो। यद्यपि हङकङभन्दा नेपालको बढी अंक भएका कारण नेपाल प्रतियोगिताको फाइलनमा पुगेको हो।
नेपाल २ खेलमा २ जितसहित ४ अंक जोडेर दोस्रो स्थानमा छ भने हङकङले २ खेलमध्य एक खेलमात्रै जितेर २ अंक मात्रै जोडेको थियो।
नेपालले यसअघि कतार र कुबेतलाई पराजित गरेको थियो। प्रतियोगितमा आयोजक हङकङका साथै नेपाल, कतार र कुवेत सहभागि छन्।
जारी प्रतियोगितामा नेपाल अपराजित एक मात्रै टोली हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ चैत्र २०८१, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल कुवेतसँग ३ रनले पराजित
हङकङविरूद्ध पहिला फिल्डिङ गर्दै नेपाल
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
बंगलादेशविरुद्धको टी-२० सिरिजमा भारतको क्लीन स्वीप
नेपालले अमेरिकासँग ३ खेलको टी-२० सिरिज खेल्ने
बंगलादेशविरुद्धको टी-२० सिरिजमा अमेरिकाको लगातार दोस्रो जित