काठमाडौँ । दुर्गा प्रसाईंविरुद्ध प्रहरीले सुरुमा ३ वटा मुद्दामा अनुसन्धान गर्ने भएको छ । प्रहरीको कसुर दर्ता किताबमा अहिले उनीबिरुद्ध ३ वटा कसुर दर्ता गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को अनुसूची ७ अन्तर्गत प्रहरीले कसुर दर्ता गरेर अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने कानुनी व्यवस्था छ ।
प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, सङ्गठित अपराध र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिने काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । उनले भने– ‘अनुसन्धान गर्दै जाँदा उहाँविरुद्ध अन्य कसुर पनि आकर्षित हुनसक्छ ।
फौजदारी कार्यविधि संहिताअनुसार सरकार बादी भएर अदालतमा दर्ता हुने मुद्दा सुरुमा कसुर दर्ता किताबमा दर्ता गरेर अनुसन्धान अघि बढाइन्छ । प्रसाईं विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार नै प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुर दर्ता गरेको थियो ।
चैत १५ मा उनले चलाएको गाडीले प्रहरीलाई नै किच्ने गरी दौडाएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीलाई किच्न खोजेको आरोप छ । प्रहरी प्रधान कार्यालयको दाबी अनुसार प्रसाईं र उनका सुरक्षा गार्ड शुक्रवार बिहान झापाको भद्रपुरबाट पक्राउ परेका हुन् ।
तर, प्रहरी स्रोतका अनुसार प्रसाईंलाई भारतको आसामबाट पक्राउ गरेर नेपाल ल्याइएको थियो । चैत १५ मा तीनकुनेमा अवाञ्छित गतिविधि गरेपछि फरार भएका थिए । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले पूर्व राजाको पक्षमा आयोजना गरेको प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए । प्रदर्शनकारीले गरेको तोडफोडबाट निजी सम्पत्तिमा क्षति पुगेको छ ।
प्रदर्शनमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रमुख नवराज सुवेदी पनि सहभागी थिए । सुवेदीलाई गौरीघाटस्थित घरमै नजरबन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ चैत्र २०८१, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो
म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो: दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो
दुर्गा प्रसाईंलाई हत्कडी लगाएर विमानस्थल पुर्याइयो
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ