करेन्ट लागेर २ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ३० चैत्र २०८१, १६ : २१
करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौं। कैलाली र झापामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका- १९ फूलबारीका २५ वर्षीया विमला कुँवरको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, झापाको कन्काई नगरपालिका- १ बस्ने ६६ वर्षीय ताराबहादुर विश्वकर्माको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि बिर्तासिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस