काठमाडौं । सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदमा बोलाउने प्रस्ताव गरेका छन् । ज्ञानेन्द्र जवाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिनेगरी संसदीय समितिमा बोलाउनुपर्ने बताएका हुन । कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताए ।
‘पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै भएपनि बोलाएर घटनाबारे सोधपुछ गरौं,’ उनले भने । पूर्वराजा ज्ञानेन्द्र आम नागरिक सरह रहेको बताउँदै उनले अघि थपे, ‘उनलाई पनि नागरिकलाई जति अधिकार हो त्यति अधिकार छ । लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन ।
कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले पनि तीनकुने घटनाबारे पुर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग राखेका छन् ।गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको छ ।
निजि सम्पतिमा क्षति पुगेको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ चैत्र २०८१, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशमा शान्ति चाहिएको छ, केही गर्न कोही डराउन पर्दैन: पूर्वराजा ज्ञानेन्द्र शाह
पूर्वराजा शाहद्वारा गुरु गोरखनाथ मन्दिरमा पूजा अर्चना
ज्ञानेन्द्र शाह गोरखा जाने, गोरखनाथ र मनकामना दर्शन गर्ने
पोखराबाट उडे पूर्वराजा, विमानस्थलमा पञ्चेबाजा बजाएर बिदाई
पूर्वराजा ज्ञानेन्द्रका परिवार सदस्यसहित भुटान पुगे, विमास्थलमा राजकुमारीले गरिन् स्वागत
पूर्वराजा शाह ललितपुर आउने