काठमाडौं । आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुईवटा विकल्प प्रस्ताव गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत शिक्षक आन्दोलनबारे आफ्ना धारणा प्रस्तुत गर्दै महामन्त्री थापाले कानून नबनाएरै माग पूरा गर्न सकिने बताएका छन् ।
नयाँ शैक्षिक सत्र नजिक आइसकेकोले तत्काल मन्त्रिपरिषद् बैठकबाट शिक्षकका मागबारे निर्णय गरेर उनीहरुलाई विद्यालयमा फर्काउनु पर्ने विकल्प उनले दिएका छन् । शिक्षकहरुका केही माग सम्बन्धित मन्त्रालयले नै निर्णय गरेर सम्बोधन गर्न सक्ने उनको भनाइ छ ।
‘मन्त्रिपरिषद्ले निर्णय गरेर केही माग सम्बोधन गर्न सकिन्छ । यसलाई आजै मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ । कतिपय सम्बन्धित मन्त्रालयले निर्णय गरेर गर्न सकिने कामहरू छन् । यो कामलाई तत्काल गरौं ‘, उनले भनेका छन् ।
शिक्षकको मुख्य माग शिक्षा ऐन जारीको विषयमा महामन्त्री थापाले आगामी बर्खे अधिवेशनको सुरुमै विधेयक पारित गर्ने गरी समझदारी गर्न सरकारलाई सुझाव दिएका छन् । यसले विश्वासको वातावरण बन्ने र विधेयक फास्टट्रयाकबाट पारित गर्नुपर्ने उनले बताए । विधेयकका विषयवस्तुबारे भने यसअघि नै सहमति भइसकेको उनले स्मरण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० चैत्र २०८१, १० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक र शिक्षा मन्त्रालयबिच आज पनि छलफल हुँदै
दार्चुलाका शिक्षकले पाए तलब, भत्ता
हात उठाएर शिक्षकले गरे सरकारको विरोध
सरकारसँग वार्तामा बस्न शिक्षक महासंघले राख्यो सर्त
आन्दोलनका लागि देशभरिका शिक्षकहरू काठमाडौं आइपुगे
देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै