पीपीएल टी–२० क्रिकेट

पोखरा पल्टनले पल्टायो खेल, तीन विकेटले चितवन राइनोज पराजित

सफल खबर संवाददाता

मंगलबार, २० कार्तिक २०७५, १४ : ४९
पोखरा पल्टनले पल्टायो खेल, तीन विकेटले चितवन राइनोज पराजित

पोखरा । पोखरा रंगशालामा मंगलबार सम्पन्न पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पोखरा पल्टनको पोल्टामा गएको छ । उपाधिसँगै पोखरा पल्टनले २७ लाख रुपैयाँ जितेको छ । प्रतियोगिताको उपविजेता चितवन राइनोज्ले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।

चितवन राइनोजले पोखरा पल्टनलाई एक सय ६१ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिले फिल्डिङ रोजेको पोखरा पल्टनले १९ ओभर दुई बलमा सात विकेट गुमाउँदै लक्ष्य हासिल गरेको थियो ।
पोखरा पल्टनको लागि रवी इन्दर सिंहले ५८ बलमा ९० रन योगदान गरे । उनले १३ चौका र ३ छक्का प्रहार गरे । पोखराका ओपनर कुशल भुर्तेल २ बल खेलेर ४ रनमा आउट भएका थिए । तर दोस्रो विकेटका लागि रवि इन्दर र आसिफ शेखबीच ६१ रनको साझेदारी भएपछि पोखराको इनिङले गति लिएको थियो । आसिफ १२ बलमा १२ रन बनाएर रनआउट भए ।

कप्तान शरद भेषवाकरले २३ बलमा २२ रन जोडेर आउट भए । भुवन कार्कीको एलबिडब्लूको धरापमा पर्नुअघि उनले २ चौका प्रहार गरे । २ बलमा पछि रोहित पौडेल आउट हुन पुगेका थिए । बलिङमा भुवन कार्कीले २ विकेट लिए । कप्तान पारस खड्का, सनी पटेल र करण केसीको नाममा १–१ विकेट रह्यो ।
चितवन राइनोजका लागि टिम क्याप्टेन पारस खड्काले ३७ बलमा ५१ रन जोडका थिए । उनले नौ वटा चौकाको मद्दतले अर्धशतक स्कोर खडा गरे । चितवनका लागि सन्नी पटेलले २१ बलमा ४३ रन र एके शाहले ३८ बलमा ३७ रन जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस