पीपीएल टी–२० क्रिकेट

चितवन राइनोजले दियो पोखरा पल्टनलाई एक सय ६१ रनको लक्ष्य

सफल खबर संवाददाता

मंगलबार, २० कार्तिक २०७५, १३ : १५
चितवन राइनोजले दियो पोखरा पल्टनलाई एक सय ६१ रनको लक्ष्य

पोखरा । पोखरा रंगशालामा भइरहेको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको मंगलबार भइरहेको फाइनल खेलमा चितवन राइनोज्ले पोखरा पल्टनलाई एक सय ६१ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै चितवन राइनोजले एक सय ६० रन जोडेको थियो ।

टस जितेर पहिले फिल्डिङ रोजेको पोखरा पल्टनले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । पहिलो बलमा चार रन खर्चेका चितवन राइनोजका करन केसीले दोस्रो बलमै विकेट लिन सफल भए । उनले प्रतियोगितामा सर्वाधिक १२ विकेट लिइसकेका छन् ।

चितवन राइनोजका टिम क्याप्टेन पारस खड्काले ३७ बलमा ५१ रन जोडे । उनले नौ वटा चौकाको मद्दतले अर्धशतक स्कोर खडा गरे । चितवनका लागि सन्नी पटेलले २१ बलमा ४३ रन र एके शाहले ३८ बलमा ३७ रन जोडेका थिए ।

कात्तिक ९ गतेबाट सुरु भएको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल भइरहेको छ । विजेताले २७ लाख रुपैयाँ र ट्रफी एवं उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस