हेटौंडा । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति संगठनले आपत्ति जनाएको छ ।संगठनका केन्द्रीय संयोजक सुजित केसीले विज्ञप्ति निकालेर बमलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।
एक जिम्मेवार युवा नेतालाई विना कारण पक्राउ गरेर सरकारको आडमा प्रहरी प्रशासनले मनमानी र पूर्वाग्रहपूर्ण काम गरेको विज्ञप्तिमा उल्लेख छ । ‘विभिन्न राजनीतिक दलका नेताहरूले खुलेआम एकअर्कालाई गम्भीर आरोप लगाउँदा पनि कुनै कारबाही नहुने तर सामान्य नागरिकलाई आफ्नो विचार व्यक्त गरेकै भरमा पक्राउ गरी कारबाही गर्नु के कानुनसम्मत छ ?’, केसीले भनेका छन् ।
शनिबार संगठनको मकवानपुर अधिवेशनको क्रममा माओवादी अध्यक्ष तथा पुर्वप्रधानमन्त्री प्रचण्डको फोटोमा निराजनले लाइटर पारेर आगो लगाएका थिए । उनलाई प्रहरीले भरतपुरबाट पक्राउ गरेर हेटौंडातर्फ ल्याइँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ चैत्र २०८१, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ: राप्रपा
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
बल्खुमा राप्रपाको खबरदारी सभा (तस्बिरहरु)
बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै
राप्रपाले आज जुलुससहित सभा गर्ने, सीसी क्यामेरा र ड्रोनबाट निगरानी