काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले वर्षा गराउने प्रणाली उत्तर पूर्व सर्दै गरेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । हाल बागमती प्रदेश, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ ।
उक्त वर्षा गराउने प्रणाली उत्तर पूर्व सर्दै गएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो।प्रि मनसुनका समयमा खास गरी हावाहुरीका कारण घरहरू भत्किने, रुखहरू ढल्ने र चट्याङ पर्नेजस्ता घटना हुने भएकाले सजकता अपनाउन महाशाखाले सुझाएको हो ।
नेपालमा चट्याङ लागेर बर्सेनि धेरैको मृत्यु हुने गरेको छ । विगत एक वर्षमा चट्याङबाट ७८ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको वैशाख १ गतेदेखि चैत्र २९ गतेसम्म देशभर ४१८ वटा चट्याङको घटना भएको छ ।
यो घट्नाबाट ७८ जनाको मृत्यु र ३०९ जना घाइते भएका छन् । नेपालमा खास गरी प्रि मनसुनको समयमा चट्याङ पर्ने गर्दछ । मार्च,अप्रिल र मे महिना अर्थात् मध्ये फागुनदेखि मध्ये जेष्ठ महिनासम्म चट्याङ पर्ने सिजन हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ चैत्र २०८१, १४ : ३५
लेखकबाट थप