काठमाडौँ । ‘जय राष्ट्रवाद’को नारा लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को खबरदारी सभा सुरु भएको छ । काठमाडौँको बल्खु चोकमा बागमती प्रदेशस्तरीय खबरदारी सभा सुरु भएको हो ।
सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् । कार्यक्रममा नेताहरू पशुपति शमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे लगायतका नेताहरू सहभागी छन् ।
पार्टीको झण्डा, नेपालको राष्ट्रिय झण्डा र बाजागाजासहित राप्रपा नेता कार्यकर्ताहरू कार्यक्रमस्थल पुगेका छन् । सभालाई सहभागी शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । नेताहरूले सम्बोधन गर्नुअघि कार्यक्रमस्थलमा विभिन्न बाजासहित पञ्चे बाजा समेत बजाइएको छ ।
गत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि बल्खु आसपासमा कार्यक्रमलाई मध्यनजर गर्दै प्रशासनले ठुलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।
त्यस्तै राप्रपाले प्रदर्शनमा घुसपैठ हुनसक्ने भन्दै स्वयंसेवकहरू पनि तैनाथ गरेको जनाएको छ । राप्रपाले ‘व्यवस्था बदलौँ,अवस्था बदलौँ’ भन्दै भ्रष्टाचार र कुशासनविरुद्ध सभाको आयोजना गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ चैत्र २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ: राप्रपा
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै
राप्रपाले आज जुलुससहित सभा गर्ने, सीसी क्यामेरा र ड्रोनबाट निगरानी
राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै