विद्यालय शिक्षा विधेयकका ९१ वटा दफामा जुट्यो सहमति

सफल खबर संवाददाता

आइतबार, ३१ चैत्र २०८१, १८ : ५२
विद्यालय शिक्षा विधेयकका ९१ वटा दफामा जुट्यो सहमति

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा ९१ वटा दफामा सहमति जुटेको छ ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले ९१ वटा दफामा दफावार छलफल गरी सहमति जुटाएको हो । अब ७२ वटा दफामा छलफल बाँकी छ । जसमा उपसमितिले छलफल गरेर सहमति जुटाउने प्रयास गरिरहेको छ ।

के-के सहमति भयो भन्नेमा सार्वजनिक गरिएको छैन । शिक्षा समितिकाका अनुसार दैनिक लामो छलफल भइरहेको छ ।

विधेयको १७ सय ५८ वटा संशोधन परेको थियो । द्रुत गतिमा दफावार छलफल भइरहेको छ ।

सबै सुझाव र विधेयकमा रहेको विषयलाई केलाएर दफावार छलफल भइरहेको छ । उपसमितिको बैठक बिहान ११ बजेदेखि साँझ ५ सम्म बस्ने गरेको छ ।

शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर सडक आन्दोलन गरिरहेकाले उपसमितिले धमाधम दफावार छलफल गरिरहेको हो ।

संसद्को आगामी अधिवेशनमा विधेयक संसद्‍मा पेस गर्ने गरी उपसमितिले काम गरिरहेको छ । उपसमितिले सहमति जुटाएपछि फुल समितिमा र फुल समितिले सभामा पेस गर्ने छ ।

प्रतिक्रिया दिनुहोस