काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन् ।नेपाल मुस्लिम संघले पार्टी मुख्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा देउवाले वार्ता र संवादबाट आन्दोलनरत शिक्षकको जायज माग पूरा गर्नुपर्ने बताए ।
शिक्षकहरूको माग सम्बोधन गर्न कुनै समस्या देखिए छलफलबाटै निकास निकाल्नुपर्ने भन्दै यसका लागि शिक्षकहरू पनि तयार हुनुपर्ने उनको भनाइ छ ।
त्यस्तै सभापति देउवाले कुनै पनि पार्टीको बहुमत आउन गाह्रो भएपनि सबैलाई मिलाउन सक्ने संविधान मुलुकमा रहेको बताए । अहिलेको संविधानले समावेशी समानुपातिक प्रतिनिधित्व गराउन निकै ठूलो भूमिका खेलेको उनले बताए ।
देउवाले कांग्रेसको विधान पनि समावेशी समानुपातिक प्रकारको रहेकाले पार्टीमा सवैको प्रतिनिधित्व रहेको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ चैत्र २०८१, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडपर्वले सामाजिक सद्भाव बढाएका छन् : सभापति देउवा
सभापति देउवा र अध्यक्ष लिङ्देनबिच भेटवार्ता
प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन
इप्पान प्रतिनिधिले भेटे काँग्रेस सभापति देउवा
वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ: सभापति देउवा
कांग्रेस सभापति देउवासँग अष्ट्रेलियाकी राजदूत भोल्कको विदाई भेटवार्ता