राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०८१, ०७ : १४
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शनसहित आमसभा गर्ने भएको छ ।

भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खु क्षेत्रमा प्रदर्शन र आमसभा गर्न लागेको हो ।

राप्रपाले आज बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्नुका साथै बैशाख ७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।

प्रदर्शनको पूर्व तयारीका लागि सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रदर्शन र सभालाई सभ्य, अनुशासित र भव्य बनाउने निर्णय गरेको थियो ।

गत गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राप्रपाले आजको प्रदर्शन अनुशासित बनाउन विशेष जोड दिएको छ ।

यस्तै, राप्रपाले देश बनाउने र बचाउने अभियानमा सबैलाई पार्टीको झण्डासहित प्रर्दशनमा सहभागी हुन आग्रह गरेको छ ।