काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ ।प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको शुक्रबारको बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले तीनकुनेको घटना सरकारले नै नियोजित रूपमा गराएको आरोप लगाएका हुन् ।
‘उत्तेजित गराउने काम सरकारले गर्यो । हाम्रो बुझाइ-त्यो घटना नियोजित रूपमा गरेको छ,’ सांसद प्रधानले भने, ‘मैले आरोप लगाएँ-प्रधानमन्त्री चुक्नुभएको छ । उक्साहटको काम उहाँले गर्नुभएको छ ।’
यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको थियो भने तोडफोड र आगजनीबाट निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो ।
सोही दिन प्रदर्शनी मार्गमा गणतन्त्र पक्षधरहरूले गरेको प्रदर्शन सभ्य थियो । राजावादीहरूले गरेको प्रदर्शन भने तनावपूर्ण भएको थियो । राप्रपा सांसद प्रधानले प्रहरीले तीनकुनेको मञ्चमा टियर ग्यास हानेर प्रदर्शनकारीलाई उत्तेजित बनाएको र अप्रिय घटना भएको जिकिर गरे । ‘राजावादी र गणतन्त्रवादी भनेर कम्पेयर गर्न खोजियो । यो ठिक र त्यो बेठीक भन्न खोजियो । प्रधानमन्त्रीले शान्त भनेको सभामा टियर ग्यास हानिएको थियो भने शान्त हुन्थ्यो रु’ प्रधानले प्रश्न गरे ।
पृष्ठभूमि ख्याल नगरी घटनाको वास्तविकता बुझ्न नसकिने उल्लेख गर्दै उनले थपे, ‘राष्ट्रिय गान बज्दै गर्दा टियर ग्यास हानिएको छ । अन्तिमसम्म ७र८ सय टियर ग्यास हानियो । यसले देखाउँछ-उत्तेजित गराउने काम सरकारले नै गर्यो ।’
उनले थपे, ‘त्यो दिन चेन अफ कमान्ड ब्रेक भएको छ । नेतृत्वको हिसाबले प्रधानमन्त्रीले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ ।’ तीनकुने घटनाको निष्पक्ष छानबिन गरेर सही निचोडमा पुग्न न्यायिक आयोग गठन गर्नुपर्ने उनले बताए । आफूहरूले सरकार र प्रधानमन्त्रीलाई जिम्मेवार देखेको तर सरकारले अस्वीकार गरिरहेको अवस्थामा न्यायिक आयोग बनाइनु उपयुक्त हुने उनको राय छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ चैत्र २०८१, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
बल्खुमा राप्रपाको खबरदारी सभा (तस्बिरहरु)
बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै
राप्रपाले आज जुलुससहित सभा गर्ने, सीसी क्यामेरा र ड्रोनबाट निगरानी
राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै