तिहार र छठको अवसरमा एनआई सी एशिया रेमिटले ल्यायो थप सुविधा

सफल खबर संवाददाता

सोमबार, १९ कार्तिक २०७५, १८ : ३५
तिहार र छठको अवसरमा एनआई सी एशिया रेमिटले ल्यायो थप सुविधा

काठमाडौँ । ग्राहक महानुभावहरुको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै एनआई सी एशियाबैंकले तिहार छठको अवसरमा .थप सुविधा ल्याएको छ । अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ । एनआई सी एशिया बैंकले तिहार र छठको अवसरलाई ध्यानमा राख्दै समस्त आदरणीय ग्राहक 

महानुभावहरुलाई नेपाल भरी एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोवार सित्तैमा पठाउने छुट प्रदान गरेको छ । उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २६५ शाखा कार्यालयहरु, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखारहित बैंकिङ्ग ईकाई एवं ६ हजार ७ सय भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । यस सुविधा कात्र्तिक र मङ्सीर महिना सम्मको लागि लागु हुनछ । यो सुविधाबाट चाडपर्वहरुको समयमा ग्राहक महानुभावहरुले पैसा पठाउँदा उच्चतम लाभान्वित हुने र झन्झटरहित तरीकाबाट ठूलो सञ्जाल भएको यस बैंकमार्फत सजिलै पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ । साथै यस योजना २०७५ साल कार्तिक १८ गतेदेखि २०७५ साल मङ्सीर २९ गतेसम्म लागु हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस