काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा डीन लगायतको नियुक्तिमा भइरहेको ढिलाइप्रति स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आपत्ति जनाएको छ ।
डीन, डाइरेक्टर, क्याम्पस प्रमुखहरू लगायतको नियुक्तिमा महिनौँ ढिला हुनु दुर्भाग्य भएको स्ववियु जनाएको हो । सभापति श्याम राज ओझाले बुधबार एक विज्ञप्ति जारी गर्दै जिम्मेवार तथा जबाफदेही पदमा नियुक्ति ढिला हुनु एक पुस्ताको भविष्य निर्माणमा ढिला भएको बताए ।
मेरिटका आधारमा प्राप्ताङ्क समेत सार्वजनिक गरी पदाधिकारी नियुक्त गरिनुपर्ने जनाएको छ । पारदर्शी तरिकाले विज्ञापन गरी प्रक्रिया समेत पूरा गरिसकेका सबै पदहरूको नियुक्ति यथाशीघ्र गर्न स्ववियुले माग गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ मंसिर २०८१, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिचन्द्र क्याम्पसमा आज स्ववियु चुनाव हुँदै
पृथ्वीनारायण क्याम्पसको स्थगित स्ववियु चुनाव चैत १० गते हुने
देशैभरिका क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते
स्ववियु निर्वाचन : मनोनयन दर्ता आज
बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित