काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत बुटवल पुगेका छन् ।
रुपन्देहीको सुप्रिम सहकारी प्रकरणमा आफूसँग माग भएको १ करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै रवि सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् ।
बुटवल इजलासका अनुसार लामिछानेले दिएको निवेदन दर्ता भइसकेको छ । लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले १ करोड धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
त्यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालीमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले ६० लाख र चितवनको साहारा चितवन सहकारी प्रकरणमा ५४ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि पक्राउपछि रास्वपाले के–के निर्णय गर्यो ?
काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता
निकिताले इजलासमै लगाइदिइन् रविलाई टीका
रविलाई भैरहवा लगिएसँगै कार्यकर्ताको प्रदर्शन
रविलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न रास्वपाको ध्यानाकर्षण
ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेसको चेतावनी