काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा महिलाहरूको सहभागिता बढाउँदै जाने बताएका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिकमात्रै नभई आर्थिक र सामाजिक क्षेत्रमा पनि महिलाको भूमिकालाई निरन्तर बढाउने बताए ।
उनले भने, ‘अहिले धेरै ठूलो सङ्घर्षपछि हामीले समावेशी संविधान बनाएका छौं । त्यसले स्थानीय तहदेखि संघसम्म महिलाको अधिकारलाई सुनिश्चित गरेको छ । अब यो प्राप्त अधिकार कसैले खोस्न सक्दैन । अधिकार थप्दै जान्छ । यो गठबन्धनको कारणले मेयर–उपमेयरमा महिलाको सङ्ख्या घट्यो भन्ने कुरा आएको थियो । अब गठबन्धन भए पनि नभए पनि मेयर र उपमेयरमा एउटा महिला हुने सुनिश्चित गरिसकेका छौँ ।’
कांग्रेसले उपमा मात्रै महिलालाई सीमित नगर्ने प्रवक्ता महतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ फागुन २०८१, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विशिष्ट परिवेशमा कांग्रेस-एमालेको सरकार बन्योः नेता महत
आफ्नैलाई विपक्षी ठान्नेहरुले कांग्रेस एक्लै चुनाव लड्छ भनेर मात्रै हुँदैन : प्रकाशशरण महत
वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् : प्रकाशशरण महत