काठमाडौ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तालिका २१ दिनअघि प्रकाशन गर्नेगरी निर्देशिका परिमार्जन गर्ने तयारी भएको छ। स्ववियु निर्वाचनको विषयमा छलफल गर्न बुधबार बसेको बैठकले केही बुँदा परिमार्जन गर्ने निर्णय गरेको छ।
२३ विद्यार्थी संगठनसँग भएको छलफलमा यसअघि स्ववियु निर्वाचन हुनु ३० दिनअगावै कार्यतालिका प्रकाशन गर्ने निर्णय गरिएको थियो। निर्देशिकाको बुँदा नं ६ मा मतदाता नामावलीसम्बन्धी व्यवस्था छ।
अब सो बुँदाको उपबुँदा नं–३ लाई परिमार्जन गरी ७ दिन घटाएर २१ दिनअगावै मात्र कार्यतालिका प्रकाशन गर्ने निर्णय भएको बैठकमा सहभागी विद्यार्थी नेताले जानकारी दिए। उमेर हदको विषयमा २०५३ साल फागुन २८ वा सोभन्दापछि जन्ममिति भएका विद्यार्थीले उम्मेदवारी दिनपाउने व्यवस्था गरिएको छ। निर्देशिकाको बुँदा नं–१०को मतगणनासम्बन्धी उपबुँदा ६ मा मतगणना भएको ७ दिनभित्रमा निर्वाचनमा समानुपातिकतर्फको नाम सिफारिस गर्नुपर्ने व्यवस्था थियो। नेपाल समाचारपत्रमा विस्तृतमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्ववियु निर्वाचन तयारीमा जुट्न लोविसंघद्वारा परिपत्र जारी
त्रिविमा डीन लगायतको नियुक्तिमा भइरहेको ढिलाइप्रति स्ववियुले जनायो आपत्ति