काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्यनजर गर्दै लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ)ले तयारीमा जुट्न परिपत्र जारी गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालनिकट लोविसंघका केन्द्रीय महासचिव सुमन कुमार यादवले परिपत्र जारी गर्दै स्ववियु निर्वाचनकेन्द्रित सक्रिय गतिविधि, कमिटी गठन÷पुनर्गठन गरी साथै सम्भावित उम्मेद्वारको सूचिसहित सम्पूर्ण विवरण १५ दिनभित्र केन्द्रीय कार्यालयमा पठाउन सम्पूर्ण प्रदेश, जिल्ला, नगर क्याम्पस इकाई कार्यसमितिहरुलाई निर्देशन दिएका हुन् ।
साथै, महासचिव यादवले प्रस्तावित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्यनजर गर्दै क्याम्पस इकाईसँग समन्वयन गरि स्ववियु निर्वाचन केन्द्रित हुन आग्रह गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद परिषदले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ माघ २०८१, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिचन्द्र क्याम्पसमा आज स्ववियु चुनाव हुँदै
पृथ्वीनारायण क्याम्पसको स्थगित स्ववियु चुनाव चैत १० गते हुने
देशैभरिका क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
मध्यपश्चिम विश्वविद्यालयकाे स्ववियु चुनाव चैत्र १८ गते
स्ववियु निर्वाचन : मनोनयन दर्ता आज
बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित