एनआईसि एशिया बैंक र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसघ नेपालबीच सम्झौता

सफल खबर संवाददाता

सोमबार, १९ कार्तिक २०७५, १० : १३
एनआईसि एशिया बैंक र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसघ नेपालबीच सम्झौता

काठमाडौँ । नेपाल सरकारको आगामी तिन वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउने र पाँच वर्षभित्रमा आवश्यकता अनुसार विद्युत उपलव्ध गराउँने भन्ने निति एंव कार्यक्रम रहेको छ । यसरी सरकारको घोषित कार्यक्रममा सामुदायिक संस्थाहरु, स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको संयुक्त प्रयासवाट मात्र सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउन संभव हुन्छ । 

यसै सन्दर्भमा सामुदायिक विद्युत उपभोक्ता संस्थाहरुको वितीय क्षमता विकासको निमित्त मिति २०७५ कार्तिक १८ गतेका दिन सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसंघ, नेपाल र एन आई सि एशिया बैंकबीच बैकिंग साझेदारको लागि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसघं, नेपालको तर्फवाट अध्यक्ष नारायण ज्ञवाली र एन आई सि एशिया बैंकको तर्फवाट बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता बमोजिम एन आई सि एशिया बैंकले आफ्ना  देशभरका २६५ शाखा र २९ एक्सटेन्सन काउन्टरहरु मार्फत सामुदायिक विद्युत वितरक संस्थामा बैकिंग स्रोत उपलब्ध गराउने, उद्यमशीलता विकास गर्ने, निम्न आय भएका सीमान्तकृत समुदायमा लगानी गर्ने र साना तथा मध्यम व्यवसाय वा उद्योगहरुमा लगानी गर्ने भएको छ । यस सम्झौता मार्फत  समुदायको बंैकिंग शिक्षा, रोजगारी तथा पहुँचमा विकास गर्न र निम्न आय भएका समुदायहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस