बुटवल । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो।
जिल्ला प्रहरी कार्यलय रुपन्देहीका डीएसपी सुरज कार्कीले सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको बताए । उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जानकारी दिए ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो ।
भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ चैत्र २०८१, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवन कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी
कारागारका कैदीबन्दी आयआर्जनमा
दार्चुला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी
क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी
गौर कारागारमा पानी पसेपछि कैदी बन्दी छतमा
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि कारागार चलान