काठमाडौं । नेपाली कांग्रेसको प्रवक्ता डा. प्रकाशशरण महतले ०७४ को चुनावी नतिजाको कारणले गएको निर्वाचनमा आफूले चुनावी गठबन्धन गर्न बाध्य भएको बताएका छन् ।
नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय समिति बाग्लुङमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अहिले आफूहरु एक्लै चुनाव लड्ने लक्ष्यमा रहेको बताए ।उनले भने, ‘हामी आफ्नै साथीहरुलाई विपक्षी ठान्छौं, हाम्रो विपक्षी पार्टीलाई ठान्नुको सट्टा, त्यसो गर्दा हाम्रो शक्ति विभाजित भइरहेको हुन्छ। त्यसमा ख्याल गर्नुपर्छ । हामी एक्लै लड्नुपर्थ्यो गठबन्धन किन गर्नुपर्थ्यो अघिल्लो चुनावमा भन्ने कुरा उठ्यो । हामी चाहन्छौं, एक्लै लडन, तर आपसमा मिल्नुपर्यो नि । आसपमा पनि नमिल्ने अरुसँग पनि मिल्दैनौं भन्ने अनि परिणाम आउँछ । अरुसँग नमिल्ने भए हामी मिल्नुपर्यो । ०७४ अरु मिले हामी आपसमा पनि राम्रोसँग नमिल्दा २३ सीट मात्रै जितेका होइनौं। एक्लै लड्को हो नि ।’
उनले कांग्रेसले आफूले गरेको कामको प्रचार गर्न नसकेको बताए । आफ्नो पार्टीले गरेको काम देखाएर अरु पार्टीले चुनाव जितिरहेको बताए ।उनले थपे, ‘जनताले अनुमोदन गरेमात्रै हामी सरकारमा जान्छौं, त्यसैले हामी लोकतन्त्र र प्रजातन्त्रको लागि लड्छौं । जनताले अनुुमोदन गरेनन् भनेर हामीले आफूलाई जतिसुकै राम्रो दाबी गरेपनि सत्तामा जाने अधिकार हामीलाई हुँदैन । त्यही कुरा माओवादीसहित अरु दलले पाएको भए निर्वाचन पर्खेर बस्दैनथ्यो । तुरुन्तै जान्थ्यो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ कार्तिक २०८१, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विशिष्ट परिवेशमा कांग्रेस-एमालेको सरकार बन्योः नेता महत
वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् : प्रकाशशरण महत
क्रिकेटका लागि सरकारले बजेट थप्छ : अर्थमन्त्री