बार मतगणना : अध्यक्षमा मिश्र, महासचिवमा कोइराला अगाडि

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०८१, १२ : ४०
बार मतगणना : अध्यक्षमा मिश्र, महासचिवमा कोइराला अगाडि

काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । आज बिहान सवा ११ बजेसम्मको परिणाममा कांग्रेस–एमाले गठबन्धनका अध्यक्ष उम्मेदवार डा, विजय मिश्र र महासचिवमा उनकै प्यानलका केदार प्रसाद कोइराला अगाडि छन् ।

मिश्रले ८६९ मत पाएका छन् । पर्साबाट ६६, हेटौंडाबाट ४१ र बागलुङबाट ५५ मत मिश्रको पक्षमा परेको छ । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका रमन कुमार श्रेष्ठले ५२९ मत पाएका छन् । उनले पर्साबाट ४४, हेटौंडाबाट २६ र बागलुङबाट २५ मत पाएका छन् । श्रेष्ठको गृहजिल्ला बागलुङबाटै उनको पक्षमा कम मत देखिएको छ ।

अध्यक्षका अन्य प्रत्यासी राजु कैनीले ६, आशिष पौडेलले ६ र उज्ज्वल घिमिरेले २ मत पाएका छन् । महासचिव पदमा मिश्र प्यानलका केदार प्रसाद कोइरालाले ८७१ मत पाएका छन् । यसैगरी श्रेष्ठ प्यानलका उम्मेदवार यज्ञमणि न्यौपानेले ४५६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस