काठमाडौं। अफगानिस्तानसँगको रोमाञ्चक खेलमा नेपाल एक रनले पराजित भएको छ । आइतबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको एकदिवसीय खेलमा नेपालको यू-१९ टोली अफगानिस्तानसँग पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान यू-१९ टोलीले ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।
कप्तान महबूब खानले ११४ बलमा ५८ रनको संयमित पारी खेले । नेपालका लागि सन्तोष यादवले १० ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। सिब्रिन श्रेष्ठ र विपिन शर्मा दुवैले २–२ विकेट पतन गराए ।
१६९ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४९.३ ओभरमा १६७ रनमै समेटियो। ओपनर साहिल पटेलले ६४ रनको पारी खेले भने अभिषेक तिवारीले २४ रनको योगदान दिए।
अन्तिम ओभरसम्म पुगेको खेलमा नेपाललाई जीतका लागि दुई रन आवश्यक थियो, तर धुर्व सोनार आउट भएपछि नेपाल एक रनले पराजित भयो।
अफगानिस्तानका वहिदुल्लाह जादरान, हफीज जादरान र जाइतुल्लाह शाहीनले समान २–२ विकेट लिए। रोहुल्लाह अरब र महबूब खानले पनि १–१ विकेट हात पारे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ चैत्र २०८१, १६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेट खेल्न गएका बालक पोखरीमा बिलाए
पीएम कप क्रिकेटमा आज दुई खेल हुँदै
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
गुप्तिलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य