सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०८१, १० : ५४
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।

अघिल्लो दिन तोलामा १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो।