काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालाई लगाएजस्तो मुद्दा सुरुमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लगाउनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँको बल्खुमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले ओली र ‘प्रचण्ड’ दुवैले संविधान विरोध अभिव्यक्ति दिँदै हिँडेको आरोप लगाएका हुन् ।
उनका अनुसार, ओलीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र प्रचण्डले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको वकालत गरेको भन्दै उक्त दुवै विषय संविधानमा नभएको उनको तर्क थियो ।
‘सरकारले तुरुन्तै उहाँहरू (रवीन्द्र र धवल) लाई विनाशर्त रिहाइ गरोस् । यसमा सत्यतथ्य के हो ? पार्टीले पनि माग गरेको छ,’ तामाङले भने, ‘‘ यस्तो मुद्दा लगाउने हो भने पहिला कसलाई लाउनुपर्छ थाहा छ ? केपी ओलीलाई लाउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ चैत्र २०८१, १५ : ०८
लेखकबाट थप