काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै छिमेकी मुलुकसँग राम्रो सम्बन्ध रहेको दाबी गरेका छन् । मधेश प्रदेशसभालाई सम्बोधन गर्दै छिमेकी मुलुकसँग सम्बन्ध बिग्रियो भनेर चलेको हल्लामा कुनै सत्यता नभएको जिकिर गरेका हुन् ।
उनले भने, हाम्रा दुइटा छिमेकी मित्रहरू छन्, दुवैसँग सुमधुर सम्बन्ध छ । हल्ला गरिरहन्छन्, यहाँ सम्बन्ध बिग्रियो भनेर कहाँ बिग्रियो ? सम्बन्ध सँगै सुतेकैले हो खुट्टा बोकाउने अर्को बेडमा सुतेकाले खुट्टा बोलाउँदैन नि ! खुट्टो बोकाए हटाउन भन्नुपर्यो कुरा सकियो । अब छिमेकमै भएपछि गाई फुकेर बाली खाइदिन्छन्, टाढाको खान्छ र ? त्यसैले छिमेकमा कहिलेकाहीँ सानातिना समस्या आउन सक्छन्, कुरा गर्नुपर्छ । दुवै छिमेकीसँग राम्रो सम्बन्ध छ ।’
उनले खुला सिमानाका नाममा बेठिक गतिविधि भने दुवै तर्फबाट रोक्नुपर्ने बताए । यस्तै, उनले अरु पार्टीसँग पनि छलफल गरेर संविधान संशोधन गर्ने प्रधानमन्त्रीले बताए ।
उनले भने, ‘संविधानप्रति बफादार छु भनेर शपथग्रहण गर्ने, अनि संविधान भन्ने कुरा हुँदैन । यस व्यवस्थालाई व्यवस्थित गर्ने नै संविधानले हो । अब त्यो संविधानलाई समयको माग अनुसार परिमार्जन हुन्छन् । हाम्रो पनि देखिएको छ । हामीले गर्छौँ पनि ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ चैत्र २०८१, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री ओली
अलपत्र योजना सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले बाँडे १५ सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
राजा ल्याउँछौं भन्नेहरु रक्सी चोर्दै भाग्दै हिँडेका छन्ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज दमक जाँदै
जागरण सभालाई सम्बोधन गर्न बुटवल पुगे प्रधानमन्त्री ओली